विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !

सारांश

  • काठमाडाैँ, ५ असाेज ।
  • नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटरकाे सूचीमा परेका छन् ।
  • सन्दिप १८ वर्षकाे उमेरमा ९ वटा देशमा क्रिकेट खेल्ने एकमात्र खेलाडी हुन् ।

काठमाडाैँ, ५ असाेज । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटरकाे सूचीमा परेका छन् । सन्दिप १८ वर्षकाे उमेरमा ९ वटा देशमा क्रिकेट खेल्ने एकमात्र खेलाडी हुन् ।  क्रिकइन्फोले मासिक रुपमा प्रकाशन गर्ने पत्रिकाको पछिल्लाे संस्करणमा धेरै क्रिकेट खेल्ने क्रिकेटरहरुबारे चर्चा गरिएको छ, जसमा सन्दिप लामिछानेकाे नाम पनि रहेकाे।

सन् २०१८ मा इण्डियन पि्रमियर लिग (आईपीएल)मा डेब्यू गरेका सन्दिप त्यसपछि लगातार विदेशी घरेलु लिगमा अावद्ध हुँदै अाएका छन् । अाईपीएलबाट विश्वकाे ध्यान तानेका सन्दिपले त्यसअघि पनि विदेशी लिगहरु खेल्दै अाएका थिए । अाईपीएल अघि उनी अष्ट्रेलिया र हङ्कङ्काे घरेलु लिग खेलिसकेका थिए ।

धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खान शीर्ष स्थानमा छन् । दुबैले अहिलेसम्म १० देशमा खेलेका छन् । पाकिस्तानका शोएब मल्लिक र शादाब खान र बंगलादेशका तमिम इकबाले ९-९ देशमा टी-२० खेलेका छन् । नेपालका सन्दिपले पनि ९ देशमै टी-२० क्रिकेट खेलेका छन् । उनी पछिल्लो पटक अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणमै नन्गाहर टिमबाट खेल्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?