९ टन हात्तीका दाँत बरामद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
९ टन हात्तीका दाँत बरामद

सारांश

  • हनोई, १५ चैत ।
  • भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ ।
  • हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् ।

हनोई, १५ चैत । भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् ।

भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ ।

बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको अवैध व्यापारमा कडाई गर्ने प्रतिबद्धता जनाएको छ । भियतनामका सरकारी अधिकारीहरुले पछिल्ला वर्षमा दानाङ शहरमा पनि छापा मारिएको बताएका छन् ।

“काठभित्र लुकाएर शंकास्पद वस्तु ल्याएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा ९ टन हात्तीका दाँत भेटिए,” भियतनामको भन्सार प्रशासनको भनाई उद्धृत गर्दै हाई क्वुआन अनलाइनमा लेखिएको छ ।

हात्तीका दाँत लुकाएको काठ मङ्गलबार दानाङको मुख्य बन्दरगाहमा भेटिएको थियो । यो काठ मध्य अफ्रिकी मुलुक कङ्गोबाट आएको थियो ।

हात्तीका दाँत, बङ्गारा र अन्य हाडखोरहरु भियतनाममा गहना बनाउन, घरका सजावटका सामान तयार पार्न तथा परम्परागत औषधि बनाउन प्रयोग हुन्छ । भियतनाम हुँदै अवैध वन्यजन्तु चीन समेतका अरु मुलुकहरु पनि पुग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै बराहताल
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै बराहताल
Health Minister expresses concern over increasing mental health problem
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव
प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर

तपाईंले छुटाउनुभयो कि?