मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !

सारांश

  • काठमाडौं, ३० वैशाख ।
  • राष्ट्रिय सभागृहमा शनिवार  (हिजो)  विशेष सुरक्षासाथ सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा नेकपा माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका गृहमन्त्रीदेखि अन्य मन्त्रीहरु सहभागी भएनन ।
  • सत्ता साझेदार पार्टी माओवादी केन्द्रका मन्त्रीहरुको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेपनि उनी स्वयम् अनुपस्थित रहे ।

काठमाडौं, ३० वैशाख । राष्ट्रिय सभागृहमा शनिवार  (हिजो)  विशेष सुरक्षासाथ सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा नेकपा माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका गृहमन्त्रीदेखि अन्य मन्त्रीहरु सहभागी भएनन ।

सत्ता साझेदार पार्टी माओवादी केन्द्रका मन्त्रीहरुको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेपनि उनी स्वयम् अनुपस्थित रहे ।

प्रधानमन्त्री मोदीको भ्रमणमा भारतीय सेनालाई सुरक्षाका लागि बोलाइएपछि गृहमन्त्री थापामाथि समेत सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।

माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापाका अतिरिक्त गिरिराजमणी पोखरेल, वर्षमान पुन, चक्रपाणी खनाल, शक्ति बस्नेत, मातृका यादव, बीना मगर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

माओवादी मन्त्रीहरु के कति कारणले समारोहमा उपस्थित भएनन् भन्ने पार्टीले औपचारिक रुपमा सार्वजनिक गरेको त छैन् तर नेताहरुले एमाले नेतृत्व र विशेषगरि ओलीको कार्यशैलीका कारण दुई पार्टीका बीचमा विश्वासको वातावरण खड्किएको बताउन थालेका छन् ।

माओवादी केन्द्का नेता देवेन्द्र पौडेलले भने ‘सरकार सञ्चालनका बिषयमा सत्तासाझेदारहरुका बीचमा कहिँ न कहि दरार आएको साँचो हो । यहि भएर सार्वजनिक कार्यक्रममा संग्र उपस्थित नहुने जस्ता कार्य देखिएका हुन् । एकले अर्कोलाई निषेध गरेर त समस्याको समाधान हुँदैन । तर सरकार संचालनका सम्पुर्ण बिषयमा हामी बीच केही गुनासो छ ।’

उर्जामन्त्री पुनलाई खबरै नगरि अरुण तेश्रोको शिलान्यास गरेपछि माओवादी रुष्ट भएको भन्ने सत्य हो उसो भए भन्ने प्रश्नमा पौडेलले भने अहिले सार्वजनिक रुपमा धेरै टिप्पणी नगरौँ तर हामीलाई निधेष गर्ने कार्य भएका छन् । हामी त्यसै चुप लागेर बस्दैनौं ।’

(https://cashcofinancial.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Fursang Moktan

    निरिह भएर किन बस्ने मन्त्रीहरू सरकार बाट फिर्ता आनुस माओबादी को मात्रै ठेक्का होइन यो देश

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गंगामायाले पारिवारिक रिसिईबीका कारण छविलाल पौडेललाइ फसाइन: फुजेलका सचेत नागरिक तथा परिवार
गंगामायाले पारिवारिक रिसिईबीका कारण छविलाल पौडेललाइ फसाइन: फुजेलका सचेत नागरिक तथा परिवार
पछिल्लो २४ घण्टामा थपिए ७ हजार भन्दा बढि कोरोना संक्रमित
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
हिंसा र चन्दा आतंक फैलाउनेलाई नछाड्ने प्रधानमन्त्री ओलीको चेतावनी
हिंसा र चन्दा आतंक फैलाउनेलाई नछाड्ने प्रधानमन्त्री ओलीको चेतावनी
प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको संकेत
प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको संकेत
आजको राशीफल
आजको राशीफल
काङ्ग्रेसको भविष्य सङ्कटमा
काङ्ग्रेसको भविष्य सङ्कटमा
सडक कालोपत्रे गर्न डा.सुनिल शर्माले गरे सहयोग
सडक कालोपत्रे गर्न डा.सुनिल शर्माले गरे सहयोग
जन्मदिनको केक खाँदा १२ बिरामी
जन्मदिनको केक खाँदा १२ बिरामी
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !

तपाईंले छुटाउनुभयो कि?