‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • बेइजिङ, ६ असार ।
  • प्रधानमन्त्री केपी ओलीले नेपालमा बहुमतको स्थायी सरकार बनेको भन्दै चिनियाँ व्यापारी र सरकारलाई लगानी गर्न आह्वान गरेका छन् ।
  • चीनको भ्रमणमा रहेका ओलीले बुधबार बिहान बेइजिङमा सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको बताए ।

बेइजिङ, ६ असार । प्रधानमन्त्री केपी ओलीले नेपालमा बहुमतको स्थायी सरकार बनेको भन्दै चिनियाँ व्यापारी र सरकारलाई लगानी गर्न आह्वान गरेका छन् ।

चीनको भ्रमणमा रहेका ओलीले बुधबार बिहान बेइजिङमा सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको बताए । ‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’, उनले भने, ‘तपाईहरू डराउनु पर्दैन । निर्धक्कका साथ लगानी गर्नुस् ।’

प्रधानमन्त्री ओलीले नेपाल सुशासन र विकासको बाटोमा अगाडि बढेको बताए । उनले छिमेकीहरूको सहयोग लिएर विकास गर्न चाहेको बताए ।

नेपालमा मजदुरहरूको कुनै समस्या नरहेको भन्दै ओलीले सस्तैमा मजदुरहरूले काम गर्ने बताए । ‘मजदुरहरूको ज्याला पनि धेरै महँगो छैन’, उनले भने, ‘बन्द हड्तालको समस्या पनि छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?