२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३२ पटक हेरिएको
Shares
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?

सारांश

  • काठमाडाै, ९ जेठ ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सम्पत्ति विवरणमा २ वटा कुकुर रहेको उल्लेख गरेका छन्।
  • संघीय सरकारको मन्त्रीको हकमा बुधवार (आज) आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले छिमेकबाट २०७२ सालमा एक जोडी कुकुर प्राप्त गरेको उल्लेख गरेका छन्।

काठमाडाै, ९ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सम्पत्ति विवरणमा २ वटा कुकुर रहेको उल्लेख गरेका छन्।

संघीय सरकारको मन्त्रीको हकमा बुधवार (आज) आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले छिमेकबाट २०७२ सालमा एक जोडी कुकुर प्राप्त गरेको उल्लेख गरेका छन्।

उनले आफ्नी श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा १ कठ्ठा ०.७५ धुर जग्गा अंशवण्डाबाट पाएको जनाएका छन्। त्यस्तै श्रीमतीकै नाममा भरतपुर–११, भोजाडमा आमाको पेवा बापत प्राप्त गरेको १ लाख रुपैयाँबाट किनेको जग्गासमेत उनले विवरणमा उल्लेख गरेका छन्।

६ तोला सुन रहेको उल्लेख गरेका मन्त्री बादलले सो सुन श्रीमतीको माइतीघर तथा विदेशबाट भाइ र बहिनीबाट उपहार पाएको बताएका छन्। रेष्टुरेन्ट व्यवसायबाट आम्दानी भएको ३ लाख रुपैयाँ नगद तथा संविधान सभाको पहिलो निर्वाचनमा सभासद हुँदाको तलबबापतको २० हजार रुपैयाँ हाल थापासँग रहेको देखिन्छ। गृहमन्त्री थापाले स्वकीय सचिवालय सदस्य विरु तामाङसँगको संयुक्त खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख गरेका छन्। यो हाल गृहमन्त्री भएपछि एभरेष्ट बैंकमा जम्मा भएको रकम हो।

राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा श्रीमती नैनकला थापाले अपर तामाकोशी जलविद्युत आयोजनाको १ सय ४६ कित्ता सेयर किनेकोे पनि विवरणमा देखाएका छन्। कर्मचारी सञ्चय कोषबाट कट्टी भएको रकमबापत १ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरिएको देखिएको छ।

सम्पत्ति विवरणका अनुसार मन्त्री थापाले ऋण लिएका छैनन्।

मन्त्री बादलसँग २०६९ जेठ ११ मा खरीद गरिएको तत्कालीन एकिकृत नेकपा माओवादीको नाममा रहेको बा९च ७४३२ नम्बरको डिजेल गाडी रहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Chandra Bhattarai

    Can l help? Ministr why your are say fult

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?