आर.सि. र स्वरुपको मायालु सार्वजनिक (भिडियो सहित)
सारांश
- केही वर्षयता देश बाहिर बसोबास गरिरहेका नेपालीको व्यवसायिक तथा सिर्जनात्मक योगदान संगीत क्षेत्रमा देखिदै आएको छ ।
- विदेशी भूमिमा रहेर नेपाली संगीतको श्रवृद्धिमा लागि पर्ने श्रष्टामध्ये एक हुन् आर.
- सि.
केही वर्षयता देश बाहिर बसोबास गरिरहेका नेपालीको व्यवसायिक तथा सिर्जनात्मक योगदान संगीत क्षेत्रमा देखिदै आएको छ । विदेशी भूमिमा रहेर नेपाली संगीतको श्रवृद्धिमा लागि पर्ने श्रष्टामध्ये एक हुन् आर.सि. थापा । अष्ट्रेलियाको व्यस्त दैनिकीबाट फुर्सद निकाल्दै उनी गीतको शव्द तथा संगीत सिर्जना गरिरहेका हुन्छन् ।
चर्चित गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यसँगको सहकार्यमा प्रारम्भ गीतिसंग्रह सार्वजनिक गरेका गीतकार तथा संगीतकार थापाले दोस्रो गीतिसंग्रहको तयारी पनि सुरु गरिसकेका छन् । दोस्रो गीतिसंग्रहको तयारीमा रहेका थापाले हालै मायाल बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
विदेशमा रहेका प्रेमीले आफ्नी प्रेमीका भेट्न आतुर रहेको भावलाई भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा स्वरुपराजको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् । रिमा विश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
थापाले करिब २ वर्ष अघि सत्य-स्वरुपसँगको सहकार्यमा प्रारम्भ गीतिसंग्रह श्रोतामाझ ल्याएका थिए ।
प्रतिक्रिया