माओवादीले किन ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएन ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २, २०७७
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • ्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिन तयार छैनन् ।
  • ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउन सक्रिय भएका प्रचण्डले किन समर्थन फिर्ता लिइरहेका छैनन् ?
  • चासोको विषय बनेको छ ।

्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिन तयार छैनन् । ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउन सक्रिय भएका प्रचण्डले किन समर्थन फिर्ता लिइरहेका छैनन् ? चासोको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले पनि आफूलाई माओवादी केन्द्रले दिइआएको समर्थन छिटो फिर्ता लिई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । उनले यसो भनिरहेपनि प्रचण्ड मौन छन् । माओवादी केन्द्रको बैठक पटक पटक बसेपनि सरकारलाई दिआएको समर्थन फिर्ता लिनेबारे निर्णय लिएको छैन ।

सरकारलाई दिइआएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ओली सरकार अझ लामो समय टिक्ने सम्भावना रहन्छ । त्यही बुझेर प्रचण्ड सतर्क बनेका छन् । उनले सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई ओली हटाउने रणनीतिसहित बढेका छन् ।

अकस्मात् सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने ओलीविरोधी समूहको तयारी छ । समर्थन फिर्ता लिनेभन्दा पनि सिधै अविश्वासको प्रस्तावको तयारी छ । त्यसका लागि समिकरण बनाउने गरी गृहकार्य भइरहेको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच समिकरणको गृहकार्य चलिरहेको छ । प्रचण्ड र राजपाका नेताहरु त्यसमा लगभग सहमत भइसकेका छन् । तर, काँग्रेस सभापति देउवाबाट अझै स्पष्ट जवाफ आइरहेको छैन । उनी पर्ख र हेरको रणनीतिमा छन् । देउवाले आफै सरकारको नेतृत्वको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले
राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
रोट्रयाक्ट क्लव अफ वुद्धभुमी गठन
रोट्रयाक्ट क्लव अफ वुद्धभुमी गठन
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति
पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
प्रधानमन्त्री ओली मुख्यसचिव रेग्मीसँग फायर
प्रधानमन्त्री ओली मुख्यसचिव रेग्मीसँग फायर
आलेख ः ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन
आलेख ः ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन

तपाईंले छुटाउनुभयो कि?