लोकसेवा आयोगले नियमित विज्ञापन ननिकाल्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
लोकसेवा आयोगले नियमित विज्ञापन ननिकाल्ने !

सारांश

  • काठमाडाै, २८ असाेज ।
  • लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ ।
  • संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी यकिन हुन नसक्दा आयोगको नियमित विज्ञापनमा असर परेको हो ।

काठमाडाै, २८ असाेज । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी यकिन हुन नसक्दा आयोगको नियमित विज्ञापनमा असर परेको हो ।

आयोगले हरेक वर्ष असोजको अन्तिम हप्ता बुधबार विभिन्न सेवा समूह अन्तर्गत रिक्त पदपुर्तिका लागि विज्ञापन प्रकाशित गर्दै आएको थियो । यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगलाई अहिलेसम्म रिक्त दरबन्दीको विवरण दिन सकेको छैन । प्रदेश र स्थानीय तहमा समायोजन नहुँदा कति कर्मचारी रिक्त भए भन्ने टुंगो नलागेर अन्योल भएको हो । प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि कानुनी आधार पनि पर्याप्त नभएर अन्योल बनेको छ ।

संघीय मन्त्रालय स्रोतका अनुसार दुई महिनाभित्र समायोजन प्रक्रिया अगाडि बढाउने गरी समायोजन ऐनलाई संसोधन गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ । अध्यादेश आएलगत्तै रिक्त दरबन्दीको अध्ययन गरेर कर्मचारी पदपूर्तिको विज्ञापन गर्ने योजना छ । विशेष गरी प्रशासन, प्राविधिक, शिक्षा र स्वास्थ्य समूहको विज्ञापन कम्तिमा अबको दुई महिना रोकिने छ । तर, परराष्ट्र, लेखा, संसद र न्याय सेवा समूहको विज्ञापन भने नियमित कार्यतालिका अनुसार नै आयोगले विज्ञापन गर्न सक्ने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?