द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन

सारांश

  • काठमाण्डौ ।
  • द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् ।
  • चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

काठमाण्डौ । द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् ।

चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आबेदन खुला गरेका थियौं’ पौडेलले भने– सवै माध्यम खुला गरिएका कारण यो बर्ष उत्साहजनक सहभागीता देखिएको छ ।’

एप डाउनलोड गरेर सहभागीता जनाउन कठिनाई महसुस गर्ने प्रतिभाहरुले फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएपमार्फत् पनि हजारौंको संख्यामा आबेदन दिएका छन् । चैत १० मै म्याद सकिएपनि अझै दैनिक सयौंको संख्यामा आबेदन आइरहेको निर्देशक पौडेलले बताए ।

प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टीमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने छ । छानिएका प्रतिभाहरुले कोचसामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन् । कोचहरुको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ ।

हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको थियो । यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार
Kareena Kapoor and Saif Ali Khan dines with entire Kapoor family in London!
Kareena Kapoor and Saif Ali Khan dines with entire Kapoor family in London!
KBC Question 9, Which Indian Navy vessel Carrying an All-woman Crew Circumnavigate The Globe In 8 Month And Returned To India In May 2018?
KBC Question 9, Which Indian Navy vessel Carrying an All-woman Crew Circumnavigate The Globe In 8 Month And Returned To India In May 2018?
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
घर बनाउदा बाटाेमा समान राखे एक बर्ष जेल !
घर बनाउदा बाटाेमा समान राखे एक बर्ष जेल !
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने
स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा

तपाईंले छुटाउनुभयो कि?