अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `

सारांश

  •   १९ असार, अछाम ।
  • तत्कालिन सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ आइतबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा (एमाले) लाई ५६८ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
  • अध्यक्ष पदमा विजयी भएका झंकर साउँदले ३४०२ मत ल्याए भने उपाध्यक्ष्मा पनि माओवादी केन्द्रकी सरस्वती रावलले ३२९० मत ल्याएर विजयी भइन ।

 

१९ असार, अछाम । तत्कालिन सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ

आइतबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा (एमाले) लाई ५६८ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्ष पदमा विजयी भएका झंकर साउँदले ३४०२ मत ल्याए भने उपाध्यक्ष्मा पनि माओवादी केन्द्रकी सरस्वती रावलले ३२९० मत ल्याएर विजयी भइन ।

एमालेका चक्रबहादुर रावलले २७३४ मत पाएका छन् । उपाध्यक्ष पदमा एमालेकी विन्द्रा साउँदले २७६१ मत ल्याइन ।

तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अध्यक्ष पदकी उम्मेदवार अनुराधा स्वार (रावल) ले २५४७ र उपाध्यक्षमा चन्द्र विश्वकर्माले २६३५ मत ल्याए ।

अछामका १० स्थानीय तह मध्ये ९ स्थानीय तहको मतपरिणम आएको छ । जसमा कांग्रेस ५, एमाले र माओवादी केन्द्रले २/२ स्थान मा विजयी भएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?