कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते
सारांश
- सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
- इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।
- घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ ।
सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । घाइते सबैजनालाई उपचारको लागि धरानमा रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Narottam Lal Maskey
Kamjor sarkaar ko kamjor suraxyaa.