घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
सारांश
- प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ जन विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्यसलाई संहार गरेका थिए ।
- गुरुमापालाई संहार गरेपछि उनको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय ती स्थानीयमा रहेको थियो ।
- यही भयका कारण स्थानीयले प्रत्येक चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ
जन विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्यसलाई संहार गरेका थिए । गुरुमापालाई संहार गरेपछि उनको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय ती स्थानीयमा रहेको थियो । यही भयका कारण स्थानीयले प्रत्येक चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै कृष्ण औसीकै रात रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
घोडेजात्राका दिन नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।
ललितपुरमा भने एउटा कानो घोडालाई दौडाएर घोडेजात्रा मनाउने प्रचलन रहि आएको छ । घोडेजात्रा पश्चात नेवारी समुदायमा आफन्त बोलाएर भोज खाने पनि गरिन्छ ।
भिडियो रिपोर्ट
https://youtu.be/5zHgRx5tMjQ
प्रतिक्रिया