राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २५, २०८१
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस गरेका छन्।
  • राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय÷क्षेत्रीय÷अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए। उनले प्रतिवेदनमाथि संघीय संसद्बाट प्राप्त हुने सुुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, रक्षामन्त्री मानबीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

सुरक्षा परिषद्को यही भदौ ९ गतेको ३४ औँ बैठकले ती प्रतिवेदनको मस्यौदामाथि छलफलसहित पारित गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?
मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?
उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालो
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
बागलुङको पछिल्लो मगणना अपडेट !
बागलुङको पछिल्लो मगणना अपडेट !
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)