इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रिभल्युशनरी गार्ड कप्र्स (आइआरजीसी) लाई विदेशी आतंकवादी घोषणा गरेका छन्।
  • अमेरिकाले कुनै देशको नेतालाई आतंकवादी घोषणा गरेको यो पहिलो पटक हो।
बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रिभल्युशनरी गार्ड कप्र्स (आइआरजीसी) लाई विदेशी आतंकवादी घोषणा गरेका छन्। अमेरिकाले कुनै देशको नेतालाई आतंकवादी घोषणा गरेको यो पहिलो पटक हो।
ह्वाइट हासउले आईआरजीसीको अर्थ ‘इंप्मिेन्टिङ इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ भएको जनाएको छ। ट्रम्पले इरानसँग अन्तर्राष्ट्रिय परमाणु कार्यक्रम भंग गर्ने घोषणा गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको थियो।
अमेरिका आईआरजीसी र उसँग सम्बन्धित संस्थामाथि पहिला देखि नै आतंकवादीलाई समर्थन गरेको र मानवअधिकारको उल्लघंन गरेको आरोप लगाउँदै आएको छ। राष्ट्रपति ट्रम्पले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश मन्त्रालयको यो निकै ठूलो निर्णय हो। इरानले आतंकवादलाई पश्रयमात्र दिएको छैन, आईआरजीसी यसमा सक्रिय रुपमा लागेको छ।’
ट्रम्पले आफ्नो निर्णयले इरानमाबाथि कडा दबाव पर्ने दाबी गरेका छन्। उनले भने, ‘यदि तपाइँले आईआरजीसीसँग सम्बन्ध राख्नु भयो भने तपाइँले आतंवादलाई समर्थन गुर्न भएको छ।’
अमेरिकी विदेश मन्त्री माइका पम्पियोले यसको असर देखिन एक हप्ता लाग्न सक्ने बताएका छन्। पम्पियोका अनुसार जहिलेसम्म इरानले एउटा सामान्य देशका रुपमा व्यवहार गर्न सुरु गर्दैन, तबसम्म दबाव र प्रतिबन्धनको रणनीति जारी रहनेछ।
इरानका नेता क्रान्तिकारी छैनन्। त्यहाँका जनता सुन्दर जीवन यापन चाहन्छन्। तर नेता मौकापरस्त छन्। हामी इरानका जनतालाई सहयोग गर्न चाहन्छौं,’ उनले भने।
१९७९ को इरानको क्रान्तिपछि मुलुकमा रिभाल्युशनरी गार्डको गठन गरिएको थियो। यो इरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीको निर्णय थियो।
रिभाल्युशनरी गार्डको उद्देश्य नयाँ सत्ताको संरक्षण र सेनासँग मिलेर सत्ता सन्तुलन कायम राख्नु थियो। इरानमा राजतन्त्रको पतनपछि सत्तामा आएको नयाँ सरकारले नयाँ नियम र क्रान्तिको रक्षा गर्नकालागि नयाँ फौजको आवश्यकता ठानेर गार्डको गठन गरेको थियो।
इरानको इस्लामिक क्रान्तिको ४० वर्ष
इरानका मौलवियाले एउटा नयाँ कानुनको मस्यौदा तयार पारेका थिए, जसमा नियमित सेनालाई मुलुकको सीमाना र आन्तरिक सुरक्षाको जिम्मा दिइयो र रिभाल्युशनरी गार्डलाई सत्ताको रक्षा गर्ने जिम्मा दिइयो।
तर जमीनमा दुवै सेना एक अर्काको बाटोमा भेट हुन थाले। उदहारणकालागि  रिभाल्युशनरी गार्ड कानुन र व्यवस्था लागू गर्न सहयोग गर्छ र सेना, नौसेना र वायुसेनालाई लगातार उसले सहयोग पनि गर्छ।
समयसँगै रिभाल्युशनरी गार्ड इरानको फौजी, शक्ति र आर्थिक शक्ति बनेको छ। रिभाल्युशनरी गार्डका वर्तमान कमाण्डर इन चीफ मोहम्मद अली जाफरीले प्रत्येक ती कामलाई सफलतापूर्वक सम्पन्न गरेका छन्, जो इरानको सर्वोच्च नेतालाई उनलाई जिम्मा दिएका छन्।
इरानको वालंटियर आर्मी बासिज फोर्सका रिभाल्युशनरी गार्डसँग बिलयपछि मोहम्मद अली जाफरीले भनेका थिए, ‘सर्वोच्च नेताको आदेशका रिभाल्युशनरी गार्डको रणनीतिमा केही परिवर्तन गरिएको छ। अब हाम्रो काम घरभित्र रहेका दुश्मनको खतरासँग मुकाबिला र बाहिरी चुनौतीसँग मुकाबिला गर्दा सेनालाई सहयोग गर्नुहुनेछ।’
रिभाल्युशनरी गार्डमा अहिले सवा लाख जवान रहेको बताइएको छ। यसमा जमिनमा युद्ध लड्ने, नौसेना, हवाइ दस्ता र इरानका रणनीतिक हतियारको निगरानी गर्ने काम पनि रिभाल्युशनरी गार्डलाई नै जिम्मा दिइएको छ।
२००९ मा जब अहमदीनेजादले राष्ट्रपति चुनाव जितेको खबर सार्वजनिक भयो, तब सडकमा विरोध सुरु भयो। बाजिस फोर्सले अर्का उम्मेद्वार मीर हसन मुसावीका समर्थकलाई दबाउनकालागि आफ्नो पूरै शक्ति लगायो। बासिज फोर्स कानुन लागू गर्ने काम पनि गर्छ। 
यो रिभाल्युशनरी गार्डको स्पेशल आर्मी पनि हो। कुड्स फोर्स विदेशी जमीनमा संवेदनशील मिसनलाई सफल बनाउने काम गर्छ। हिज्बुल्लाह र इराकका शिया लडाकु जस्ता इरानका नजिकका सशस्त्र गुट, हतियार र तालिम दिने काम पनि कुड्स फोर्सले गर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?