मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

सारांश

  • मुग्लिन ।
  • चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ।
  • अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ।
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ। अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। 
निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ। 
शर्माले भने, “९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा लगाउनेछौँ।” 
नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ। मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो।
चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो। पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ। यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ।
मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ। विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेल सजाय विरुद्ध पल शाह उच्च अदालतमा
जेल सजाय विरुद्ध पल शाह उच्च अदालतमा
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
‘चैतमा गोरु बेचेर पाखी किन्ने’- राजधानीमा चैते जाडो
‘चैतमा गोरु बेचेर पाखी किन्ने’- राजधानीमा चैते जाडो
पहिरोमा परी एकै परिवारका ४ जना बेपत्ता
पहिरोमा परी एकै परिवारका ४ जना बेपत्ता
सरिताको थर्कियो काठमाडौ  सहर अन्जली,  शंकर को यस्तो छमछमी(भिडियो सहित )  प्रकाश योगी
सरिताको थर्कियो काठमाडौ सहर अन्जली, शंकर को यस्तो छमछमी(भिडियो सहित ) प्रकाश योगी
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी
एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन्   ?
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन् ?

तपाईंले छुटाउनुभयो कि?