‘चैतमा गोरु बेचेर पाखी किन्ने’- राजधानीमा चैते जाडो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
‘चैतमा गोरु बेचेर पाखी किन्ने’- राजधानीमा चैते जाडो

सारांश

  • काठमाडौं : ‘चैतमा गोरु बेचेर पाखी किन्ने’ बूढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानीलगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ।
  • मंगलबार र बुधबारको वर्षाले जाडो बढाएको हो।
  • चैतमा जाडो बढेपछि अग्रजहरूले सायद ‘पाखी’ किन्ने यो किस्सा जुराएका थिए।

काठमाडौं : ‘चैतमा गोरु बेचेर पाखी किन्ने’ बूढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानीलगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ। मंगलबार र बुधबारको वर्षाले जाडो बढाएको हो। चैतमा जाडो बढेपछि अग्रजहरूले सायद ‘पाखी’ किन्ने यो किस्सा जुराएका थिए। हिमाली जिल्लामा तान लगाएर भेडा–च्याङ्ग्राको उनबाट बुनिने पाखी निकै न्यानो हुन्छ।

यो वर्ष मनसुन सुरु नहुँदै काठमाडौंमा बुधबार ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ। ‘प्री’ मनसुनी प्रणाली सक्रिय हुँदा मंगलबारदेखि सुरु भएको मनसुनी वर्षा तीन दिनसम्म रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा विमानस्थल कार्यालयका मौसमविद् वरुण पौडेलले बताए। उपल्लो वायुमण्डलमा न्यूनचापीय प्रणालीको विकास भएपछि ‘प्री’ मनसुन सक्रिय हुन्छ। यसैकारण मध्य र पश्चिमी क्षेत्रमा बढी वर्षा भएको महाशाखाको भनाइ छ। बुधबार सबैभन्दा धेरै पोखरामा २५ दशमलव ४ र दाङमा १२ मिलिमिटर वर्षा भएको छ। यस्तो मनसुन यतिबेला नेपाल प्रवेश गरेको छ।

‘प्री’ मनसुन सक्रिय हुँदा न्यूनचापीय प्रणाली कमजोर रूपमा विस्तार हुने र त्यसको प्रभावले छिटफुट वर्षा गराउने विभागको विश्लेषण छ। स्थानीय र पश्चिमी वायुको चहलपहल बढ्दा तीन दिनसम्म वर्षा निरन्तर हुने पौडेलको भनाइ छ। वायु पश्चिम हुँदै पूर्वी क्षेत्रमा आउने भएकाले वर्षा पूर्वतर्फ बढेको छ। वर्षासँगै हावाहुरी र असिना आउन सक्ने सम्भावनासमेत रहेको महाशाखाले जनायो। मंगलबारदेखि नै पोखरा, भैरहवा, धनगढी, काठमाडौं र ओखलढुंगामा वर्षा भएको छ। मंगलबार राति पोखरामा सबैभन्दा धेरै ५ मिलिमिटर र काठमाडौंमा ३ मिलिमिटर पानी परेको थियो।

बिहान–दिउँसो मौसम सफा भए पनि बदली भइरहने कारण वर्षा रोकिँदैन। मध्य र पश्चिम तराई क्षेत्रमा बढी वर्षा हुँदा न्यूनतम तापक्रममा समेत सुधार आएर जाडो बढेको हो। काठमाडौंको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ। सामान्यतया जेठ २७ मा मनसुन नेपाल प्रवेश गर्ने गर्छ। असोज ७ गतेदेखि मनसुन नेपालबाट बाहिरिने गरेको छ।

अन्नपूर्ण पोष्टबाट

(https://www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?