वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक

सारांश

  • किन अटाएनन् जनार्दन शर्मा ?
  •   रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए ।
  • पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे ।

किन अटाएनन् जनार्दन शर्मा ? 

रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए । पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो । शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन् ।

पुन र बस्नेत तेस्रोपटक मन्त्री

ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत तेस्रोपटक सत्तामा उक्लिएका हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका उनी ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । बस्नेत भने ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।

पाचौँपटक मन्त्री बने पोखरेल
शिक्षा, युवा तथा खेलकुदमन्त्री गिरिराजमणि पोखरेललाई पाँचौँ अवसर मिलेको छ । पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन् । माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन् । उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
हुम्लामा हेलिकप्टरबाट जिप लगियो
हुम्लामा हेलिकप्टरबाट जिप लगियो
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
आन्दोलन चर्काउने वैठक बस्दाबस्दै यसरी पक्राउ परे
आन्दोलन चर्काउने वैठक बस्दाबस्दै यसरी पक्राउ परे
बस दुर्घटनामा ३८ घाइते
बस दुर्घटनामा ३८ घाइते
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले    ।( भिडियो सहित)
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले ।( भिडियो सहित)