गृहसचिव र प्रहरी महानिरीक्षकलाई आठ हजार नगदसहित सम्मान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
गृहसचिव र प्रहरी महानिरीक्षकलाई आठ हजार नगदसहित सम्मान

सारांश

  •                                  काठमाडौँ।
  •   बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई बिहीबार सम्मान गरिएको छ।
  • सचिव राई र महानिरीक्षक खनाललाई रु आठ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ।
                                
काठमाडौँ।  बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई बिहीबार सम्मान गरिएको छ।
सचिव राई र महानिरीक्षक खनाललाई रु आठ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गर्दै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे।
यो कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाइ छ। गृहमन्त्री थापाले भने, “विकास र समृद्धिको लक्ष्य सरकारले लिएको छ, यसका लागि सुशासन अनिवार्य भएकाले यसतर्फ गम्भीर सबै गम्भीर भएर लाग्नुपर्छ।”
गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आव २०७३/७४ र आव २०७४/७५ मा ६३ दशमलव शुन्य तीन प्रतिशत रकम फछ्र्यौट गरेको छ। कूल रु चार अर्ब ३० करोड ९७ लाखमध्ये रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्र्यौट भएको छ। 
यस्तै नेपाल प्रहरीको आव २०७३/७४ सम्मको बेरुजु रु ६८ करोड ४१ लाखमध्ये ८५ दशमलव १४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ।
बेरुजु फछ्र्यौट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फछ्र्यौटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रानुसार उनीहरुलाई गृह मन्त्रालयले सम्मान गरेको हो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?