जुम्ल्याहा बच्चा जन्माउने इनारको पानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
जुम्ल्याहा बच्चा जन्माउने इनारको पानी

सारांश

  • भारत– भारतको आन्ध्र प्रदेशको एउटा विकट गाउँमा इनारबाट पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने विश्वासले जरो गाडेको छ।
  • दोद्धिगुँटा भन्ने एउटा सानो गाउँ छ, जहाँ ४५ सय मानिस बसोबास गर्छन्।
  • यो गाउँ आन्ध्र प्रदेश राज्यको पूर्वी गोदावरी जिल्लाको रँगमपेटा मन्डलमा पर्छ।

भारत– भारतको आन्ध्र प्रदेशको एउटा विकट गाउँमा इनारबाट पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने विश्वासले जरो गाडेको छ।दोद्धिगुँटा भन्ने एउटा सानो गाउँ छ, जहाँ ४५ सय मानिस बसोबास गर्छन्। यो गाउँ आन्ध्र प्रदेश राज्यको पूर्वी गोदावरी जिल्लाको रँगमपेटा मन्डलमा पर्छ। यहाँका मानिसको मुख्य आयस्रोतको रूपमा कृषि छ। यो गाउँमा मात्र एउटा मावि तहको विद्यालय छ। यहाँका धेरै मानिसहरू खेतीपातीको काममै व्यस्त हुन्छन्।सानो यो गाउँ त्यतिबेला चर्चामा आयो, जब एउटा निजी टेलिभिजन च्यानलले यो गाउँमा भएको विशेष इनारको पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने समाचार प्रशारण गयो। अहिलेसम्म उक्त इनार यहाँका मानिसले पिउने पानीको प्रमुख स्रोत बनेको छ।

यदि कोही बाहिरी व्यक्ति यो गाउँमा गयो भने थुपै्र जुम्ल्याहा बच्चाहरू खेलेको घुमेको देख्न सकिन्छ। तर, यो गाउँमा जुम्ल्याहा बच्चा कति जना छन् भन्ने आधिकारीक तथ्यांक भने छैन।अदापा वैकटेश भन्ने व्यक्ति यस गाउँको मुखिया हुन्। उनका अनुसार यहाँ लगभग ११० जुम्ल्याहा बच्चाहरू छन्। इनारको पानी पिउनाले यति धेरै जुम्ल्याहा बच्चा जन्मेको कुरा पनि उनले बताए। साथै उनले भने, ‘तपाईँ मेरो घरमा विभिन्न उमेरका जुम्ल्याहाहरू देख्न सक्नुहुन्छ, यसै कारणले हाम्रो गाउँ अहिले चर्चामा छ।’

यो सबै कहिलेदेखि सुरु भयो त ?

बिबिसीसँग कुरा गर्दै वेकट भन्छन्, ‘करिब १५ वर्षभन्दा पहिले एकजना अध्यापक जनगणना लिनका लागि गाउँ आएका थिए। उनले नै सबैभन्दा पहिले यहाँ भएका जुम्ल्याहा बच्चाको संख्याबारे विचार गरेका थिए।उनको पछि यहीँ सरुवा भयो। जब उनको श्रीमतीले यहीँ गाउँमा बच्चा जन्माइन्, उनीहरू पनि जुम्ल्याहा नै थिए। उनको श्रीमतीले त्यहीँ इनारको पानी पिएका कारण आफ्नो पनि जुम्ल्याहा बच्चा जन्मेको खबर स्थानीय मिडियालाई जानकारी दिएका थिए। अध्यापकद्वारा दिएको यही भनाइपछि यो गाउँ चर्चामा छ ।’

चर्चामा आएसँगै अहिले यो गाउँमा बाहिरी गाउँहरूबाट इनारको पानी लिन आउनेको भीड लाग्ने गरेको छ। हेदरावादबाट गाउँमा पानी लिन आएकी अनिताले बिबिसीलाई भनिन्, ‘मेरो बिहे भएको चार वर्ष भइसकेको छ, अझैसम्म बच्चा भएको छैन। धेरै डाक्टरलाई देखाए कुनै उपाय लाग्न सकेन। अब यही इनारको पानी एउटा र अन्तिम विकल्प हो।’लक्ष्मी यही गाउँमा बस्छिन्। उनले पनि ९ महिना पहिले जुम्ल्याहा बच्चा जन्माएकी हुन। लक्ष्मीलाई पूर्ण विश्वास छ कि गाउँको यही इनारबाट पानी पिउनाले आफू जुम्ल्याहा बच्चाको आमा बनेको।

यसबाहेक उनी यो पनि मान्यता राख्छिन् कि यो इनारको पानीले धेरै रोगहरूबाट पनि मुक्त गर्छ। उनका अनुसार गाउँमा यस्ता घरहरू पनि छन्, जहाँ पानी तान्ने कल गाडेको छ तर, पिउनलाई यही इनारको पानी लैजान्छन्।

विशेषज्ञ चिकित्सक यो कुरालाई मान्न तयार छैनन्। वैज्ञानिक तथ्य र आधार नभएका कारण यो कुरामा कुनै सत्यता नभएको धेरै चिकित्सक बताउँछन्। हाइड्रोजन र अक्सिजन तथा केही लवणहरुको मिश्रणबाट बनेको हुन्छ पानी।क्याल्सियम कार्बोनेट, आइरन र क्याल्सियम पानीमा पाइन्छ तर, यसले गर्भाधानमा मद्दत मिल्दैन भन्छन्, चिकित्सक। उनीहरूका अनुसार यसले केही बिरामीलाई हटाउन सक्छ तर, जुम्ल्याहा बच्चा हुनेमा विश्वास छैन।स्त्री रोग विशेषज्ञ डा। पद्यजाका अनुसार पानी र गर्भाधारणबीच कुनै पनि सम्बन्ध छैन। उनले भने, ‘पानीले बच्चा हुने होइन। बच्चा जुम्ल्याहा जन्मने आधार जिन र वंशाणुगत हुन्छ। त्यसैले यो बेग्लै कुरा हो र यसमा कुनै सत्यता छैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….
वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….
भारतको चर्चित जोडी छुट्टी मनाउन अमेरिकातर्फ
भारतको चर्चित जोडी छुट्टी मनाउन अमेरिकातर्फ
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
सुपर ग्यास उद्योगमा यसरी भयो भीषण आगलागी (हेर्नुहोस् ६ तस्बिरमा)
सुपर ग्यास उद्योगमा यसरी भयो भीषण आगलागी (हेर्नुहोस् ६ तस्बिरमा)
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
यस्तो छ पुस १६ गतेको राशिफल
यस्तो छ पुस १६ गतेको राशिफल
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?