संसदीय सुनुवाई कर्मकाण्ड : सर्वोच्चले पायो ५ जना न्यायाधीश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
संसदीय सुनुवाई कर्मकाण्ड : सर्वोच्चले पायो ५ जना न्यायाधीश

सारांश

  • काठमाडौं ।
  • संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम अनुमोदन गरेको छ ।
  • बिहीबारको सुनुवाइपछि समितिले सर्वसम्मत रुपमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्माको नाम अनुमोदन भएको हो ।

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम अनुमोदन गरेको छ ।

बिहीबारको सुनुवाइपछि समितिले सर्वसम्मत रुपमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्माको नाम अनुमोदन भएको हो । न्याय परिषद वैठकले चैत २१ मा पाँचजनाको नाम सिफारिस गरेको थियो ।

योग्यतामाथि प्रश्न चिन्ह उठाइएका मनोजकुमार शर्मामाथि गम्भीर खालका उजुरी परेका थिए । उनले सुनुवाई समितिमा सबैभन्दा फितलो, कमजोर प्रस्तुति देखिएको थियो।

सांसदहरुले शर्माको योग्यतामा प्रश्न उठाएका थिए। उनले सर्वोच्चमा गएर गर्ने कामबारे व्याख्या गर्न नसकेको भन्दै सवाल खडा गरेका थिए। तर पनि उनी अनुमोदित भएका छन् ।

सांसदहरु पार्वत गुरुङ, भीमसेनदास प्रधान, पुष्पा भुसाल, सुमन प्याकुरेल, निरु पालले उनको प्रस्तुती निकै कमजोर भएको बताएका थिए ।

समितिबाट अनुमोदन भएका न्यायाधीश राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?