ओलीको सपथ ग्रहणमा नरेन्द्र मोदी आउने: यस्तो छ सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
ओलीको सपथ ग्रहणमा नरेन्द्र मोदी आउने: यस्तो छ सम्भावना

सारांश

  • काठमाडौं, माघ १७ ।
  • अब बन्ने सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी ओली करिब फागुनको दोस्रो वा तेस्रो साता प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै छ ।
  • सोही समय पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने चर्चा सुरु भएको छ ।

काठमाडौं, माघ १७ । अब बन्ने सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी ओली करिब फागुनको दोस्रो वा तेस्रो साता प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । सोही समय पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने चर्चा सुरु भएको छ ।

ओलीको प्रधानमन्त्रीको सपथग्रहणकै बेला मोदी आउन लागेका हुन् कि भन्ने अनुमानसमेत गर्न थालिएको छ । मोदी नेपाल आउने भनिएको समय र ओली प्रधानमन्त्री बन्ने समय मेल खाने भएकाले ओलीको सपथ ग्रहण कार्यक्रममै मोदीको उपस्थिति हुने हो कि भन्ने अनुमान गरिएको हो ।

ओली नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि दुवै पूर्व समकक्षीहरूले विगतको तुष बिर्सिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणीसमेत गरिन थालिएको छ ।

नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ मोदी नेपाल आउने तयारीमा जुटेका हुन् ।

पछिल्लो समय ओली र मोदीबिचको सम्बन्ध चर्चामा छ । अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई मोदी आफैँले दुईपटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि बधाई दिदै दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका थिए ।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन् । ‘प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन् । मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Santosh Ghising

    किन

    Comment Author

    Minesh Gole

    Haha aakhir modikai Saran ma hoina ta ?

    Comment Author

    Shyam Shubham Giri

    माहान राष्टबादी हरूले सफत लिंदा यस्तो नहोला भन्न सकिन्न

    Comment Author

    Tek Pun

    बफादार बिल्ली।

    Comment Author

    Baburam Bhattarai

    किन होला के अब नेपाल को
    प्र म लाई अब नरेन्द्रे सपथ
    खुवाने हो कि क्या हो ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?