नेपालीले कतारमा पीआरका लागि आवेदन दिन पाउने
सारांश
- कतारमा अब विदेशी नागरिकहरुले पीआर तथा स्थायी बसोबासका लागि आवेदन दिन पाउने भएका छन् ।
- कतारमा २० बर्षदेखि लगातार कानुनी रुपमा बसोबास गर्दै आएका व्यक्तिले अब पीआरका लागि आवेदन दिन पाउने भएका हुन् ।
- त्यस्तै कतारमा जन्मेको कुनै विदेशी नागरिक लगातार १० बर्षसम्म कानुनी रुपमा बसोबास गरेको भएमा पनि पीआरका लागि आवेदन दिन सकिने भएको छ ।
कतारमा अब विदेशी नागरिकहरुले पीआर तथा स्थायी बसोबासका लागि आवेदन दिन पाउने भएका छन् । कतारमा २० बर्षदेखि लगातार कानुनी रुपमा बसोबास गर्दै आएका व्यक्तिले अब पीआरका लागि आवेदन दिन पाउने भएका हुन् ।
त्यस्तै कतारमा जन्मेको कुनै विदेशी नागरिक लगातार १० बर्षसम्म कानुनी रुपमा बसोबास गरेको भएमा पनि पीआरका लागि आवेदन दिन सकिने भएको छ । यो नियमसँग अब कतार पीआरको अनुमति दिने पहिलो अरब गल्फ राष्ट्र बनेको छ ।
तारको आन्तरिक मन्त्रालयले अब हरेक बर्ष १०० जना सम्मलाई पीआर जारी गर्ने भएको छ । तर कतारको पीआर प्राप्त गर्नका लागि झण्डै आधा दर्जन शर्तहरु पूरा गर्नुपर्नेछ ।
पिआर पाउनका लागि यस्ता छन् सर्तहरु

कतारमा जन्मिएको भएमा लगातार १० बर्ष र कतारबाहिर जन्मेको भएमा लतागार २० बर्ष कतारमा कानुनी हिसाबमा बसोबास गरेको हुनुपर्ने, बर्षमा ६० दिनभन्दा धेरै कतारबाहिर बसेको हुन नहुने, कतारमा बस्ने खर्च धान्नका लागि प्रयाप्त आम्दानी भएको हुनपर्ने, राम्रो सम्मान आर्जन गरेको हुनुपर्ने, अरबीकको बारेमा प्रयाप्त ज्ञान भएको हुनुपर्ने र स्मार्ट कार्ड आईडीबाहक हुनुपर्ने लगायतका प्रावधान पूरा गर्ने व्यक्तिले पीआर पाउन सक्नेछन् ।
इच्छुक व्यक्तिले सरकारी वेवसाइटमा गएर आफ्नो योग्यता परिक्षण गर्न सक्नेछन् । योग्य आवेदकलाई आन्तरिक मन्त्रालयले थप कागजात पेश गर्न र कतारी रियाल ३ हजार शुल्क तिर्नका लागि सुचीत गर्नेछ । विशेष कमिटिले आवदेनबारे छानविन गरेर निर्णय लिनेछ । र, सफल आवेदकलाई पीआर प्रदान गरिनेछ । पीआर पाउनेले थप ३ हजार कतारी रियाल शुल्क तिर्नुपर्नेछ ।
प्रतिक्रिया