चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ ।
  • व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’ मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाहीले फिचरिङ गरेका छन् ।

गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा निरनको संगीत छ । व्याण्डका कलाकारहरुलेसमेत फिचरिङ गरेको भिडियोमा जितेन्द्र श्रेष्ठको सम्पादन, निरज श्रेष्ठ र विजय कोजुको छायांकन तथा सोनाम छिरिङ लामाको निर्देशन छ ।

सात वर्ष अघिमात्र व्याण्डको पहिलो एल्बम ‘अनुप्रस्थ’ बजारमा आएको थियो । एल्बममा सात गीत छन् । अनुप्रस्थ झण्डै दशकदेखि नेपाली फोकरक संगीतमा सक्रिय छ । यो व्याण्ड सन् २००८ मा भएको ‘स्प्राइट बेण्ड च्यालेन्ज’ नामक टेलिभिजन रियालिटी शोबाट चर्चामा आएको थियो ।

व्याण्डका गायक निरनले अद्वितियको अर्थ नयाँ वा अन्य भन्दा फरक भन्ने रहेकाले यही नाम राखिएको बताए । गीतको शब्दले एउटा मानिससँगको सम्बन्धलाई अर्को मानिस आएर विस्थापन गर्न नसक्ने कुरा उल्लेख गरेको छ ।

व्याण्डले ‘दिन’, ‘सुख र दुःख’, ‘गफ’ र ‘उज्यालो’ नामक म्युजिक भिडियो यसअघि नै बजारमा ल्याईसकेको छ । व्याण्डमा नरेनसहित जिमी शाही, गोविन सुनुवार र विवेक तामाङ सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला  !
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला !
तीन हजार हेक्टरमा कृषि वन
तीन हजार हेक्टरमा कृषि वन
कर्णाली प्रदेशका मुख्यमन्त्रीले संविधान दिवसमा यस्तो दिए सन्देश
कर्णाली प्रदेशका मुख्यमन्त्रीले संविधान दिवसमा यस्तो दिए सन्देश
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
राधाको जन्म कसरी भयो ?
राधाको जन्म कसरी भयो ?
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
रहेनन् अब यी ‘कांग्रेसका गढ’देउवा, लेखक र केसीकै ठाउँमा एमाले विजयी
रहेनन् अब यी ‘कांग्रेसका गढ’देउवा, लेखक र केसीकै ठाउँमा एमाले विजयी
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा
२नंम्बर प्रदेशमा चुनाब सर्दा मधेसि जनता दुखि..
यी खानेकुरा खानाले आँखाको हुन्छ सुरक्षा
यी खानेकुरा खानाले आँखाको हुन्छ सुरक्षा

तपाईंले छुटाउनुभयो कि?