राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • राष्ट्रिय जनता पार्टी नेपाल संघीय सरकारमा सहभागी हुने अध्याय समाप्त भएको छ ।
  • राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले दिएको जानकारीअनुसार आफूहरु अब महाधिवेशनमा केन्द्रित भएकोले राजपा सरकारमा जाने च्याप्टर समाप्त भएको छ ।

काठमाडौं, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल संघीय सरकारमा सहभागी हुने अध्याय समाप्त भएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले दिएको जानकारीअनुसार आफूहरु अब महाधिवेशनमा केन्द्रित भएकोले राजपा सरकारमा जाने च्याप्टर समाप्त भएको छ । बरु, उनले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया आरम्भ हुने जानकारी दिए ।

उनले भने,‘हामी र समाजवादीबीच एकताको प्रक्रिया सुरु हुन्छ । राजपाको महाधिवेशनभन्दा अघि नै एकता गर्नेगरि हामीले गृहकार्य थालेका छौं ।’ पछिल्लो समय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि दुई पार्टीबीचको एकता प्रक्रिया अवरुद्ध हुने हो कि भन्ने आशंकाबीच फेरि एकता प्रक्रिया आरम्भ हुने बुझिएको छ ।

यो बीचमा राजपा नेपाल सरकारमा जानेबारे विभिन्न हल्ला चलेका थिए । तर, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी भारत भ्रमणबाट फर्किएपछि अहिले नै सरकारमा नजाने निश्कर्षमा पार्टी पुगेको स्रोतको दाबी छ । संविधान संशोधनलगायतका विभिन्न माग राखेर राजपा सरकारमा जाने बुझिएको थियो । तर, पार्टी्भित्रै तत्काल सरकारमा जान नहुने मत बलियो बनेपछि सरकारमा सहभागी हुने महतो र भण्डारीको योजना तत्काललाई तुहिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खर्चिलो प्रकृयाले व्यवस्थामाथि नै चुनौती थपियो : प्रदीप पौडेल
खर्चिलो प्रकृयाले व्यवस्थामाथि नै चुनौती थपियो : प्रदीप पौडेल
को को परे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा ?
को को परे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा ?
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
Jordan withdraws tax bill after angry protests
Jordan withdraws tax bill after angry protests
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै बराहताल
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै बराहताल