नेकपा एकताको काम पूरा, सोमबार घोषणा हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
नेकपा एकताको काम पूरा, सोमबार घोषणा हुने

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकी काम टुंगिएको बताएका छन्।
  • अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकी काम पनि टुंग्याइएको घोषणा गरेका हुन्।
काठमाडौं। सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकी काम टुंगिएको बताएका छन्। अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकी काम पनि टुंग्याइएको घोषणा गरेका हुन्।
पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई सोमबार घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको जानकारी दिए। अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भएपनि अव ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। 
अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे÷नगरेको समिक्षा गरेर अघि बढने पनि बताए। उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारिएको बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?