वर्षा भएपछि गहुँबालीमा राहत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
वर्षा भएपछि गहुँबालीमा राहत

सारांश

  • लहान, २५ माघ , वर्षा भएपछि सिरहा र सप्तरीका किसानलाई राहत पुगेको छ ।
  • गहुँबालीमा सिँचाइ गर्न नसकेका किसान गएराति र आज बिहान भएको वर्षाका कारण खुशी भएका हुन् ।
  • लामो समयपछि भएको वर्षाले गहुँबालीमा ठूलो राहत पुगेको किसानको भनाइ छ ।

लहान, २५ माघ , वर्षा भएपछि सिरहा र सप्तरीका किसानलाई राहत पुगेको छ । गहुँबालीमा सिँचाइ गर्न नसकेका किसान गएराति र आज बिहान भएको वर्षाका कारण खुशी भएका हुन् ।

लामो समयपछि भएको वर्षाले गहुँबालीमा ठूलो राहत पुगेको किसानको भनाइ छ । धानबाली भित्र्याएर खेतमा गहुँबाली लगाए पनि सिँचाइ सुविधा नहँुदा चिन्तामा थिए, सिरहाको लहान १५ का किसान लक्ष्मण चौधरीले भन्नुभयो, “राति र बिहानको वर्षाले गहुँबालीलाई राम्रो भएको छ, यसबाट बिरुवालाई हुर्किन मद्दत पुग्छ ।” वर्षाले तत्कालका लागि सिँचाइको चिन्ताबाट मुक्तसमेत भएको उहाँको भनाइ छ ।

सिँचाइ सुविधा नहुँदा यहाँका अधिकांश किसान आकाशेपानीको भरमा खेती गर्दै आएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १८ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । यस्तै वर्षासँगै चिसोसमेत अत्यधिक बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ