एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा

सारांश

  • काठमाडौं ।
  • गत एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि प्रदेश नम्बर २ मा निकै आन्दोलन भयो ।
  • प्रश्नपत्र चोरिएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरेको छ ।

काठमाडौं । गत एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि प्रदेश नम्बर २ मा निकै आन्दोलन भयो । प्रश्नपत्र चोरिएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरेको छ ।

अन्य परीषामा समेत प्रश्नपत्र चोरी हुने र अनियमितता हुने आशंकामा सीसीटिभीको व्यवस्था गरिएको हो ।

बोर्डले वैशाख १५ गतेबाट कक्षा १२ को र वैशाख २९ गतेबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्ने भएको छ ।

बोर्डले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसईई परीक्षाको जस्तो घटना दोहोरिन नदिन आफूहरू सचेत रहेको जानकारी दिए ।

प्रश्नपत्र राखिएको ठाउँमा चौबीसै घण्टा सीसीटिभीको व्यवस्था गरिएको र सुरक्षाकर्मीको कन्ट्रोल रूमको पनि थालनी गर्ने बताए । कुनै प्रश्नपत्रमा गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?