खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२९ पटक हेरिएको
Shares
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू

सारांश

  • काठमाडौँ ।
  • नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताएका छन् ।
  • उनले आफ्नो मन्त्रालयमा आज पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताए ।

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताएका छन् ।

उनले आफ्नो मन्त्रालयमा आज पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताए ।

मन्त्री लिम्बूले क्रिकेट खेलमात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने बताए । खेल क्षेत्रमा आबद्ध सबैले सकारात्मक सोच बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । यही वैशाख १९ गते नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?