डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०८०
|
|
२२ पटक हेरिएको
Shares
डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

सारांश

  • डडेल्धुरा ।
  • डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ ।
  • स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ ।

यसैबीच, धनकुटा नगरपालिका–५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?