सिमा विवाद समस्या:सांसद अम्बिका थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सिमा विवाद समस्या:सांसद अम्बिका थापा

सारांश

  • उदयपुर १६,बैशाख ।
  • प्रदेश नम्बर १ को सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ ।
  • प्रदेश सभा बैठकमा आज बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको कुरा सभा मा वताईन ।

उदयपुर १६,बैशाख । प्रदेश नम्बर १ को सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा आज बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको कुरा सभा मा वताईन ।

बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन ।सांसद थापा का अनुसार बेलका र सप्तकोसी नगरपालिका, उदयपुर नगरपालिका र सिरहाको सिमाना जोडिएका सबै स्थानीय तहहरुमा विवाद रहेको सदनलाई जानकारी गराईन् ।

सांसद थापाले सिमाको विषयमा देखिएको समस्यालाई तत्काल सम्बोधन नगर्ने हो भने ठुलो समस्या आउने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराईन् । ‘पहिले पनि सप्तकोशी धार जता बग्यो उत्तै सिमाना कायम भएको सांसद थापाले बताईन।

उदयपुरका सांसद नारायण बहादुर मगरले उदयपुर र साबिकको त्रिबेणी र पञ्चावती गाबिसका भागहरु २ नम्बर प्रदेशको सिराहाले दाबी गर्दै आएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?