सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
६० पटक हेरिएको
Shares
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त रहेको बताएका छन् ।
  • कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयद्वारा चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको आज उद्घाटन गर्दै उनले सुरक्षालगायत महत्त्वपूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी भनेको प्रहरी भएकाले यसलाई सुदुढ बनाउने कार्य भइरहेको उल्लेख गरेका ।

मोरङ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त रहेको बताएका छन् ।

कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयद्वारा चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको आज उद्घाटन गर्दै उनले सुरक्षालगायत महत्त्वपूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी भनेको प्रहरी भएकाले यसलाई सुदुढ बनाउने कार्य भइरहेको उल्लेख गरेका ।

मुख्यमन्त्री कार्कीले चाँडै प्रहरी समायोजन कानूनको व्यवस्थापनपछि प्रदेश प्रहरीलाई कानून बनाएर काम सञ्चालन गर्ने आशामा बसिरहेको जानकारी दिए । उनले प्रदेश सरकारले प्रहरीका ५१ भन्दा वढी नयाँ भवनबाहेक अन्य भौतिक संरचना निर्माण गरेको जानकारी दिँदै प्रहरीका ब्यारेक, महिला ड्रेस चेन्जिङ रुम, स्तनपान कक्षहरू, सेवाग्राही बस्ने स्थान, ३० थान चार चक्के र छ सय मोटर साइकल दिएको बताए ।

प्रदेश प्रहरीलाई सबै हिसाबले सदृढ एवं ‘प्रविधि मैत्री’ बनाउनाका साथै यसको माध्यमबाट प्रदेशमा शान्तिसुरक्षामा महत्त्वपूर्ण योगदान पु-याउने काम गर्ने धारणा मुख्यमन्त्री कार्कीले राखे ।  

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले गरिब, पिछडिएका र सीमान्तकृत क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पाखेरेल र सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले नवनिर्मित भवनको माध्यमले नागरिकको सुरक्षामा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
कोरियाबाट पठाइने किट्स आइतबार आउने
कोरियाबाट पठाइने किट्स आइतबार आउने
एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा, कुन देशसँग कति ?
एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा, कुन देशसँग कति ?
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
हेटाैडा क्षेत्र न. १ मा ह्यार्टिक गर्लान त कमल थापाले
हेटाैडा क्षेत्र न. १ मा ह्यार्टिक गर्लान त कमल थापाले
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
हेर्नुस्, कुन नेताका घरमा कति सुरक्षाकर्मी छन्!
हेर्नुस्, कुन नेताका घरमा कति सुरक्षाकर्मी छन्!