प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा

सारांश

  • पोखरा, ३ वैशाख , प्रदेश नं ४ को २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ ।
  • आजको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले सबल र समृद्ध प्रदेश निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाइने बताउनुभयो ।
  • सरकारले प्रदेशका नीति तर्जुमा गर्दा सामाजिक न्याय, लैङ्गिक समानता, समानÞुपातिक समावेशीकरण र समतामूलक समाजका आधारस्तम्भमा केन्द्रित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा, ३ वैशाख , प्रदेश नं ४ को २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ ।

आजको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले सबल र समृद्ध प्रदेश निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाइने बताउनुभयो ।

सरकारले प्रदेशका नीति तर्जुमा गर्दा सामाजिक न्याय, लैङ्गिक समानता, समानÞुपातिक समावेशीकरण र समतामूलक समाजका आधारस्तम्भमा केन्द्रित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशको विकासका लागि पर्यटन, ऊर्जा कृषि, कृषि उद्योग र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरव र उच्च प्राथमिकता विमानस्थल, सडक पुल, ऊर्जा उत्पादन, विद्युत् प्रसारण लाइन, खानेपानीलगायत आयोजनाको कार्यान्वयनमा सहजीकरण गरिने र उच्च प्राथमिकता दिई सुरक्षा प्रबन्ध मिलाइने कार्यक्रममा उल्लेख छ ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशबाट पर्यटक आकर्षित गर्न छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटक वर्ष सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक संस्कृतिक क्षेत्र तथा ग्रामीण पर्यटन केन्द्र, घरबास, पदयात्रा मार्गलाई संरक्षण, संवद्र्धन र विकास गर्दै मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने सरकारको लक्ष्य छ ।

माथिल्लो मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्री उपत्यकाको पर्यटन पूर्वाधारमा जोड दिँदै सरकारले पोखरालाई नेपालका अन्य प्रमुख शहर र प्रादेशिक राजधानीसँग हवाई मार्गद्वारा जोड्न पहल गर्ने जनाइएको छ ।

प्रदेशमा लगानी बढाउन २०७५ मा लगानी सम्मेलन आयोजना गरिने जानकारी दिँदै प्रदेश प्रमुख कुँवरले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन औद्योगिक एवं व्यावसायिक क्षेत्रलाई ऊर्जा आपूर्तिमा प्राथमिकता दिइने बताउनुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकामा ‘मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ नमूना कार्यक्रम’ थालनी गरिने र कृषिमा देखिने जोखिम मूल्याङ्कन गरी लैङ्गिक तथा सामाजिक समावेशीकरण विश्लेषणसहित स्थानविशिष्ट वातावरण, कृषि प्रविधि, अभ्यास र सेवाको पहिचान गरिने उल्लेख छ ।

प्रदेश राजधानीलाई व्यवस्थित र शहरी पूर्वाधारयुक्त बनाउन बृहत् पोखरा चक्रपथ निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ ।

नीति तथा कार्यक्रममा उद्योग क्षेत्रको प्रोत्साहन तथा औद्योगिक प्रवद्र्धनका लागि प्रदेशमा ठूलो औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा एक उद्योग ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा जातीय सद्भाव र सांस्कृतिक सहअस्तित्वको माध्यमबाट राष्ट्रिय एकता कायम गर्न बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पहिचान झल्कने बहुसांस्कृतिक ग्राम निर्माणको पूर्वतयारीका काम सम्पन्न गरिने उल्लेख छ ।

प्रदेशमा अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेल मैदान र स्थानीयस्तरमा एउटा रङ्गशालाको निर्माण गरिने छ । पाँच वर्षभित्र अर्बुदरोग, मुटुरोग तथा मिर्गौलालगायत जटिल रोगको उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापनाका लागि आयोजनाको पूर्वतयारी गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
आजको बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमप्रति मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धन्यवाद प्रस्ताव राख्नुभएको थियो । बैठक मंगलबार मध्याह्न १२.०० बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदीजन्य सामग्रीको उत्खनन बन्द
नदीजन्य सामग्रीको उत्खनन बन्द
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल
सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…
गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

तपाईंले छुटाउनुभयो कि?