नेकपाभित्र पोलिटब्युरो गठनमा यसरी भागवण्डा हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
१५ पटक हेरिएको
Shares
नेकपाभित्र पोलिटब्युरो गठनमा यसरी भागवण्डा हुँदै

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै पोलिटब्युरोमा ध्यान पुगेको छ ।
  • तत्कालीन एमाले र माओवादी केन्द्रकै केन्द्रीय कमिटीमा रहेकाहरुलाई पोलिटब्युरोमा राख्ने बताइएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै पोलिटब्युरोमा ध्यान पुगेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रकै केन्द्रीय कमिटीमा रहेकाहरुलाई पोलिटब्युरोमा राख्ने बताइएको छ ।

पोलिटव्युरो सदस्य चुन्नमा नेकपाले सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल भैसकेको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ।

केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ। विधान अनुसार केन्द्रीय समिति ४ सय ४१ सदस्यमध्येबाट १ सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुन सक्छ।

नेकपाभित्र कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी छ। मापदण्डअनुसार पोलिब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८, पुष्पकमल दाहाल समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेगरी भागवण्डा गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
यातायातमा सिन्डिकेट तोडियो, भाडादर सस्तियो
यातायातमा सिन्डिकेट तोडियो, भाडादर सस्तियो
विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा
विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित  हुम्लामा
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित हुम्लामा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न
कसले के जिम्मेवारी पाए नेकपामा ? हेर्नुस् सूची
कसले के जिम्मेवारी पाए नेकपामा ? हेर्नुस् सूची

तपाईंले छुटाउनुभयो कि?