बुथ क्याप्चर गर्ने काँग्रेसले गर्यो मतगणनामा अबरोध
सारांश
- भक्तपुर, २२ मंसिर ।
- नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं.
- २ मा विवाद निकालेर मतगणनामा अबरोध गरेको छ ।
भक्तपुर, २२ मंसिर । नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं. २ मा विवाद निकालेर मतगणनामा अबरोध गरेको छ । बिहान ढिलोगरि बसेको सर्वदलीय बैठकमा नेपाली काँग्रेसले मतगाण्ना नै गर्न नदिने अडान लिएको छ ।
बालकोटमा हिजो भएको झडपको घट्नालाई लिएर काँग्रेसले आज पनि विवाद निकालेको हो । बालकोट वडा नं. ३ को गणेश निमावी मतदान केन्द्रलाई कब्जामा लिएर एकै व्यक्तिले तीनवटा भन्दा बढी भोट हालेपछि विवाद सुरु भएको मतदान केन्द्रमा रहेका प्रतक्ष्यदर्शीले बताए । त्यसपछि नेपाली काँग्रेसका केही व्यक्तिले मतदान गर्न आएका सर्वसाधारणको बिच बाटो मै परिचय पत्र खोस्न थालेपछि थप विवाद चर्किएको बालकोटका स्थानीय वासिन्दाले बताएका छन् ।
मतदान गर्न गएका एक प्रतक्ष्यदर्शीले भने–“मतदान गर्न जादै गर्दा रोज भिलेजबाट अलि माथि मतदान केन्द्र तर्फ जाने बाटोमा केही व्यक्ति बसेर काँग्रेस बाहेकका व्यक्तिको परिचय पत्र खोस्न थाले, मैले परिचय पत्र नदिए पछि भोट हाल्नै नदिने भनेर धम्की दिए पछि फर्कदै थिए, एकै छिनमा झडप भयो, ढुङ्गा हानाहान भयो ।”
काँग्रेसका कार्यकर्ताले परिचय पत्र खोसेर मतदान गर्ने अधिकारबाट बञ्चित गर्न थालेको र बुथ क्याप्चर गरेपछि स्थानीय आफैले प्रतिकार गरेको स्थानीयको भनाई छ । काँग्रेसको दबदबा सहन नसकेर स्थानीयले प्रतिकारमा उत्रिदा झडप भएको र ढुङ्गा हानाहान भएको बताएका छन् ।
ढुङ्गा हानाहानबाट दुबै तर्फ केही घाईते भएका छन् । केहीको उपचार भईरहेको छ । ढुङ्गा हानाहानबाट केही घरको सिसा फुटेको छ । त्यसै विषयलाई लिएर डेढ घण्टा लामो सर्वदलीय बैठक पछि नेपाली काँग्रेसले बालकोट घट्नाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाईतको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपू्र्ती दिनु पर्ने माग राख्दै मतगणना गर्न दिएको छैन ।
यता वामगठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । एमालेले घट्नाको छानबिन हुनुपर्नेमा कुनै विवाद नरहेको बताएका छन् । एमाले प्रतिनिधीले मतदान केन्द्रमा कुनै झडप नभएको र बाहिर भएको घट्नाको विषयलाई लिएर मतगणना रोक्ने काम मान्य नहुने बताए । घट्नाको छानबिन गरोस भन्नेमा एमालेको कुनै आपत्ति नभएको बताए ।
यता मतगणना स्थलमा पुगेर दमननाथ ढुङ्गानाले एमालेले गुण्डा पठाएर आफू बस्ने ठाउँमा आक्रमण गर्न लगाएको आरोप लगाउँदै घट्नाको छानबिन नभएसम्म, क्षतिपूर्ती नदिएसम्म, घाईतेको उपचार नगरेसम्म मतगणना नगर्नु भन्ने कार्यकर्तालाई निर्देशन दिएपछि सर्वदलीय बैठकमा सहमति नभएको बैठकमा रहेका श्रोतले जानकारी दिएको छ ।
यता महेश बस्नेतले भने बालकोटमा काँग्रेसले अन्याय सहन नसकेर स्थानीय बासिन्दा आफै उठेर काँग्रेसको विरुद्ध प्रतिकार गरेको भन्ने आफूले जानकारी पाएको बताए । काँग्रेसले मतदान गर्ने अधिकार खोसेर मतदातालाई मतदान स्थल मै जान नदिने र परिचय पत्र खोस्ने गरेपछि स्थानीयले प्रतिकार गर्दा घट्ना घटेको प्रतिक्रिया दिदै काँग्रेसलाई क्षतिपूर्ति दिने नभई राज्यले पीडितलाई क्षति पूर्ती दिने भएकाले मतगाण्ना राक्न नहुने बताए ।

प्रतिक्रिया