देश समृद्ध बनाउँ भन्दा किन छाती पोल्ने? : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
देश समृद्ध बनाउँ भन्दा किन छाती पोल्ने? : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउँ भन्दा किन छाती पोलेको भन्दै प्रश्न गरेका छन् ।
  • प्रधानमन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउँ भन्दा किन छाती पोलेको भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।

सबै मिलेर समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ। यसो भन्दा मन, छाति किन पोल्या होला?,’ प्रधानमन्त्रीले भने, ‘यो देश समृद्ध बनाउ भन्दा छाति किन पोल्ने? नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती हुने? समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो। नेपाल धनी, समृद्ध हुनुपर्छ। नेपाली जनताले दुःख पाउनुहुँदैन।’

समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ भन्दा धेरै नकारात्मक रुपमा लिएकोमा दुखेसो पोखे ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?