डिएसपी ठगबहादुर निलम्बनका लागि सिफारिस

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
डिएसपी ठगबहादुर निलम्बनका लागि सिफारिस

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक(डिएसपी)ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि मङ्गलवार गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ । नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक(डिएसपी)ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि मङ्गलवार गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन व्यवसायीसँग घुस मागेको प्रकरण)मा संलग्न रहेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको थियो ।

ब्युरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो ।

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइवीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

सिआइवीको टोलीले त्यसपछि बरामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो ।

प्रहरीका अनुसार उनीमाथि व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि घुस लिएको आरोप छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    最佳Binance推荐代码

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
पाटन अस्पतालमा कोरोना संक्रमित युवाको मृत्यु
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
खडेरीले खेतीयोग्य जमीन बाँझै
खडेरीले खेतीयोग्य जमीन बाँझै
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’

तपाईंले छुटाउनुभयो कि?