बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
५० पटक हेरिएको
Shares
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी

सारांश

  • काठमाडाै, १६ जेठ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नीति तथा कार्यक्रममा आधारित बजेट यथार्थपरक भएको दाबी गरेका छन् ।
  • नेपालको अर्थतन्त्रको क्षमतालाई ध्यान दिएर ल्याईएको बजेट कार्यान्वनयमा कुनै समस्या नहुने अधिकारीको दाबी छ ।

काठमाडाै, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नीति तथा कार्यक्रममा आधारित बजेट यथार्थपरक भएको दाबी गरेका छन् ।

नेपालको अर्थतन्त्रको क्षमतालाई ध्यान दिएर ल्याईएको बजेट कार्यान्वनयमा कुनै समस्या नहुने अधिकारीको दाबी छ ।

रोजगारी सृजना, स्वरोजगार र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर ल्याइएको बजेट सबैका लागि स्विकार्य भएको उनको ठहर छ ।

यसपटकको बजेटले खर्च नहुने ठाउँमा रकम दिने र पछि रकामान्तर गरेर अनियमितता गर्ने प्रवृत्तिको अन्त्य गरेको अधिकारीले बताए ।

बजेटले आर्थिक समृद्धि र विकासको ढोका खोलेको दाबी गर्दै अधिकारीले ९५ प्रतिशत बजेटको कार्यान्वयन हुने बताए ।

आथिक वर्ष २०७५–७६ को बजेट कार्यान्वयन भएपछि त्यसपछिका आर्थिक वर्षमा बजेटको आकार बढाउन सकिने उनको तर्क छ ।

“ऋणै ऋणको बजेट बनाएर काम छैन । वास्तविक धरातलमा उभिएर बजेट बनाएका छौँ । यो बजेट ९५ प्रतिशत कार्यान्वय हुन्छ ।”–उनले भने ।

मन्त्री अधिकारीले सन २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने भएर नै लक्ष्य निर्धारण गरिएको दाबी गरे ।

विमानस्थल थप, स्तरोन्नति र मर्मत कार्य सम्पन्न गरेर पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिने उनको जिकिर छ । पर्यटन क्षेत्रबाट मात्रै एक वर्षमा दुई लाखले रोजगारी पाउने अधिकारीले बताए ।

सरकारी जागिर दिएर बेरोजगार हटाउन नसकिने भन्दै उनले उद्यमशिलता र स्वरोजगार बढाइने बताए ।

“सपनामा रमाउने बजेट होइन । यथार्थको बजेट हो । हजार माइल यात्रा गर्नका लागि पहिलो पाइलबाट सुरु गरेका छौँ ।”–अधिकारीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
‘निषेधले विद्रोह निम्तन सक्छ’
‘निषेधले विद्रोह निम्तन सक्छ’
प्रधानमन्त्री ओलीद्वारा समवेदना
प्रधानमन्त्री ओलीद्वारा समवेदना
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
हेर्नुहोस क कस्को  राजनीतिक अस्तित्व नै संकटमा छ ?
हेर्नुहोस क कस्को राजनीतिक अस्तित्व नै संकटमा छ ?
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया