कसले बनायो प्रधानमन्त्री ओलीलाई आश्चर्यचकित !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कसले बनायो प्रधानमन्त्री ओलीलाई आश्चर्यचकित !

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री कार्यालयबाट पठाइएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै जानकारी छैन ।
  • पत्र कसले पठायो भन्ने स्पष्ट पारिएको छैन ।

काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट पठाइएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै जानकारी छैन । पत्र कसले पठायो भन्ने स्पष्ट पारिएको छैन ।

तर, प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको पत्र पुगेपछि प्रधानमन्त्री आश्चर्यचकित परेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले योजना आयोगमा कुनै पत्र नपठाएको स्पष्ट पार्दै प्रधानमन्त्री आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

प्रेस सल्लाहकार अर्यालले एक वक्तव्य जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरेझैँ प्रधानमन्त्रीले आफै अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको स्पष्ट पारेका छन् ।

“सांसद सम्पर्क कार्यालयमा सङ्कलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी सचिवालयबाट भूलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ”, सल्लाहकार डा अर्यालले जारी गरेको वक्तव्यमा भनिएको छ । प्रधानमन्त्रीको जानकारीमा नरहेको उक्त पत्रबाट ‘प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी हुनुभएको’ वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई थाहा नदिइ प्रधानमन्त्री कार्यालयबाट पठाइएको पत्रमा झापा जिल्लाका विभिन्न योजना पार्न राष्ट्रिय योजना आयोगमा पत्र पठाइएको थियो । त्यो पत्र कसले पठायो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’
‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सन्दर्भ: संविधान दिवस शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय
सन्दर्भ: संविधान दिवस शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
केपी ओलीको गोजीबाट फुत्त निक्लेको हैन नयाँ संहिता, यस्तो छ नालीबेली
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?