बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
१६ पटक हेरिएको
Shares
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .

सारांश

  • झापा, प्रशासनले विर्तामोडमा शुक्रबार जारी गरेको अनिश्चितकालीन कर्फ्यूलाई आज बिहान पनि निरन्तरता दिएको छ ।
  • प्रदर्शनका कारण बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि शुक्रबार प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएको थियो भने ६ जना घाइते छन् ।
  • एक महिनाअघि रहस्यमय रुपमा मृत फेला परेका अर्जुनधारा नगरपालिका–११, तीनपैनीका लक्ष्मण शिवाकोटीको मृत्युको छानबिन गर्न माग गर्दै गरिएको प्रदर्शनका कारण बिर्तामोडमा शुक्रबार तनाव भएपछि प्रशासनले जारी गरेको कर्फ्यू आज पनि यथावत राखेको हो ।

झापा, प्रशासनले विर्तामोडमा शुक्रबार जारी गरेको अनिश्चितकालीन कर्फ्यूलाई आज बिहान पनि निरन्तरता दिएको छ ।प्रदर्शनका कारण बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि शुक्रबार प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएको थियो भने ६ जना घाइते छन् ।

एक महिनाअघि रहस्यमय रुपमा मृत फेला परेका अर्जुनधारा नगरपालिका–११, तीनपैनीका लक्ष्मण शिवाकोटीको मृत्युको छानबिन गर्न माग गर्दै गरिएको प्रदर्शनका कारण बिर्तामोडमा शुक्रबार तनाव भएपछि प्रशासनले जारी गरेको कर्फ्यू आज पनि यथावत राखेको हो ।

कर्फ्यूपछि प्रदर्शन रोकिए पनि फिर्ता हुनेबित्तिकै अवस्था नियन्त्रणबाहिर जान सक्ने भएकाले यथावत राखिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तनाव अझै बढ्न सक्ने भएकाले कर्फ्यू जारी राखिएको बताए । उनले स्थितिलाई सामान्यीकरण गर्न जिल्ला प्रशासनले प्रयास गरिरहेको जानकारीसमेत दिए । प्रजिअ तिवारीका अनुसार, जिल्ला प्रशासनले अहिले ८ः४५ बजे सर्वदलीय बैठक बोलाएको छ ।

‘स्थितिलाई सामान्यीकरण गर्न हामी सबै प्रयासरत छौं’, प्रजिअ तिवारीले अनलाइनखबरसँग भने, ‘यसबारे छलफल गर्न बोलाइएको बैठकमा सहमति जुटाएर समस्या समाधान गर्छौं ।’ उनले स्थिति सामान्य भएपछि कर्फ्य फिर्ता हुनेसमेत बताए ।

शुक्रबारको तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका ६ जनामध्ये १ जनाको अवस्था भने गम्भीर छ । प्रजिअ तिवारीका अनुसार गम्भीर घाइतेको विराट नर्सिङ होममा उपचार भइरहेको छ भने बाँकी ५ जनाको बिर्तामोड अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?