मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना

सारांश

  • काठमाडौं, २८ पुस ।
  • मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।
  • बैठकले प्रदेश प्रमुख तोक्ने बताइए पनि प्रदेशका अस्थायी राजधानीका विषयमा पनि छलफल र निर्णय हुनसक्ने सम्भावना रहेको छ ।

काठमाडौं, २८ पुस । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । बैठकले प्रदेश प्रमुख तोक्ने बताइए पनि प्रदेशका अस्थायी राजधानीका विषयमा पनि छलफल र निर्णय हुनसक्ने सम्भावना रहेको छ ।

राजनीतिक सहमति नजुटे पनि सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रदेश प्रमुख तोकिएन भने प्रदेश सभाका सदस्यहरूले शपथग्रहण गर्नका लागि संवैधानिक बाधा अड्चन सिर्जना हुने भएकाले शुक्रवारको मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्नैपर्ने स्थिति रहेको छ ।

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न लागिएको हो । तर प्रदेशको अस्थायी राजधानी भने आज नै तोक्ने सम्भावना कमै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?