अहिलेको सरकारले सबै मेरो कार्यक्रम आफ्नो भन्यो : देउबा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेत्तृत्वको सरकारले सुरु गरेका कार्यक्रम तथा योजनाहरुलाई अहिलेको सरकारले आफ्नो भनेर झुटो प्रचारप्रसार गरिरहेको आरोप लगाएका छन् ।
  • सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्ता कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत गरे ।
  • आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको भन्दै उनले यो सरकारले आफैंले नेपाललाई अन्तरिक्ष युगमा पुर्याएको बिना अर्थको दावी गरेको आरोप लगाए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेत्तृत्वको सरकारले सुरु गरेका कार्यक्रम तथा योजनाहरुलाई अहिलेको सरकारले आफ्नो भनेर झुटो प्रचारप्रसार गरिरहेको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्ता कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत गरे । आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको भन्दै उनले यो सरकारले आफैंले नेपाललाई अन्तरिक्ष युगमा पुर्याएको बिना अर्थको दावी गरेको आरोप लगाए ।

५ वैशाखमा नेपालको आफ्नै नानो स्याटलाइट अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको र नेपाल पनि स्याटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

कांग्रेस सभापति देउवाले आफ्नो पालामा ल्याएको सामाजिक सुरक्षा ऐनलाई पनि आफैंले ल्याए जसरी प्रचार गरेको तर, कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाए ।

यस्तै भेरी बबई डाइभर्सन परियोजना कांग्रेस सरकारकै पालामा सुरु भएको तर, सरकारले आफैंले गरेको जस्तो गरी प्रस्तुत गरेको उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले संक्रमणकालको अन्त्य भएको सरकारको दाबीको खण्डन गरे । अहिले पनि हजारौं द्वन्द्व पीडितहरु न्याय र राहतको पर्खाइमा रहेको र हिंसात्मक द्वन्द्वका घटनाहरु नरोकिएको उनले बताए ।

गत वर्ष ५ वर्षभित्र कोही पनि नेपाली विदेश जानुपर्दैन भनेको सरकारले यो वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्छु भनेको उल्लेख गर्दै देउवाले भने, ‘कति रोजगारी सिर्जना भयो र कति विदेशिन परेन भन्नेबारे मुलक अनविज्ञ छ ।’

गतवर्ष तामझामका साथ सुरु गरिएको प्रधानमन्त्री रोजगार योजनाले अहिलेसम्म एउटा पनि रोजगारी सिर्जना गर्न नसकेको उनले बताए ।

अनुदानमा मात्र रेल

देउवाले छिमेकी देशहरुसँग रेल, सडक र हवाइमार्गबाट जोड्नुपर्ने तर, लहडमा नभइ प्राथमिकता र प्रतिफलका आधारमा आयोजना छनोट गर्नुपर्ने बताए । उनले भने, ‘चीन र भारत जोड्ने रेलमार्ग दुबै देशका लागि पनि महत्वपूर्ण आयोजना भएकाले यिनीहरुको निर्माण अनुदानमा मात्र हुनुपर्छ ।’

भारतमा प्रस्तावित १११ प्रमुख जलमार्गहरु मध्ये एउटामा जोडिन पनि अझै धरै गृहकार्य गर्न बाँकी रहेको भन्दै उनले भने, प्रधानमन्त्रीज्यू, अहिले नै पानी जहाज आइसकेझै कार्यालय खोलेर सपना बेच्दै हुनुहुन्छ । राणाकालदेखि चलेको रेल र स्टिमरलाई नयाँ आविष्कारका रुपमा प्रचारित गरिएको छ ।’

उनले सरकारको नीति तथा कार्यक्रम आधारहीन र तयारी विनाका चाहनाहरुको संंगालो टिप्पणी गरे । अनलाइन खबरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?