सातौ संक्रमित ठीक भएर घर फर्के

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ७, २०७७
|
|
४६ पटक हेरिएको
Shares
सातौ संक्रमित ठीक भएर घर फर्के

सारांश

  • ७ वैशाख, कैलाली ।
  • धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् ।
  • उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

७ वैशाख, कैलाली । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको डा. जोशीले बताए ।

‘उहाँको दुईपटक नै कोरोना नेगेटिभ आयो’ उनले भने ‘२४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि आजै डिस्चार्ज गर्ने तयारीमा छौँ’ घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गरिएको उनले बताए ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आइतबार नै घर फर्किने अस्पताल स्रोतले बताएको छ ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन
हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
दबावमा गृहमन्त्री थापा
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
बैंकमा साइबर हमला : तीन नेपाली पनि समातिए
बैंकमा साइबर हमला : तीन नेपाली पनि समातिए
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
किन आइन सोनाक्षि बिचैमा शुटिङ छाडेर
किन आइन सोनाक्षि बिचैमा शुटिङ छाडेर
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश