सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
सारांश
- काठमाडौं, १६ बैशाख ।
- सरकारले यातायात क्षेत्रको सिण्डिकेटलाई तोड्ने प्रयास थालेपछि यातायात व्यवसायीहरु भने आगो भएका छन् ।
- उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौं, १६ बैशाख । सरकारले यातायात क्षेत्रको सिण्डिकेटलाई तोड्ने प्रयास थालेपछि यातायात व्यवसायीहरु भने आगो भएका छन् । उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।
यातायात व्यवसायीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका छन् । घेराउकै क्रममा यातायात व्यवसायीहरुले विभागका प्रमुख तोपराज पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।
यातायात व्यवसायी प्रदेश नं. ३ का प्रमुख धर्मराज रिजालको नेतृत्वमा गएका व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका हुन् । सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आइतबार यातायात विभागमा घेराउसहित प्रदर्शन गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया