हिउँ परेपछि किसान खुसी
सारांश
- काठमाडौं ।
- चिसो बढेसँगै उच्च पहाडी भेगमा हिमपात शुरु भएको छ ।
- हिउँ परेपछि किसान भने खुसी भएका छन् ।
काठमाडौं । चिसो बढेसँगै उच्च पहाडी भेगमा हिमपात शुरु भएको छ । हिउँ परेपछि किसान भने खुसी भएका छन् ।
केही दिनयता मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिउँ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रमा बसोबास गर्ने किसान भने खुशी भएका छन् । हिमपात भएसँगै चिसो बढेपछि पहाडी जनजीवन प्रभावित भएको छ ।
डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको स्थानीयले बताएका छन् । गाईवस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले तिनलाई गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।
उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बसेका स्थानीयले बताएका छन् । हिउँ परेपछि किसान खुसी भएपनि वृद्धवृद्धा, बालबालिकालाई चिसोबाट जोगिन कठिन भएको छ ।
प्रतिक्रिया