जनिराखौ दहीका बाह्र फाइदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
३० पटक हेरिएको
Shares
जनिराखौ दहीका बाह्र फाइदा

सारांश

  • १।
  • शरीरलाई ठंडारचिसो राख्छ स् दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।
  • २।

१। शरीरलाई ठंडारचिसो राख्छ स् दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।

२। पसिनाको गन्धबाट मुक्ति स् दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ ।

३। हड्डीलाई मजबुत बनाउँछ स् दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।

४। स्वस्थ मुटु स् दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

५। जोर्नीको दुखाईबाट मुक्ति स् दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।

६। पाचन प्रक्रियामा सुधार स् दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

७। तौल बृद्धि स् दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।

८। चमकदार त्वच्चा स् छालामा दही र कागतिको रस मिलाएर लगाउनुस् र केही समयपछि सफा पानीले छाला पखाल्नुस् । यसले छाला चम्किलो सुन्दर र स्वस्थ राख्छ ।

९। स्वस्थ कपाल स् दहीले कपाल पाँच मिनेट जति मालिस गर्नुस् र केही बेर पछि नुहाउनुस् यसले कपाल चम्किलो, बलियो र सुन्दर राख्छ ।

१०। चाँया भगाउछ स् दहीमा मरिच पाउडर मिसाएर त्यसले टाउकोमा मालिस गर्नुस् हप्ताको दुईपट यसो गर्नले तपाईको चाँयाको समस्या कम हुन्छ ।

११। ओठ फुट्न कम स् दहीको मलाइ९नौनी० दिनको दुई तीन पटक ओठमा लगाउनाले ओठ फुट्ने समस्याबाट मुक्ति मिल्छ ।

१२। मिठो निन्द्रा स् हरेकदिन एक कचौरा दहीखाने बानी गर्नाले राति मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?