रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
५७ पटक हेरिएको
Shares
रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

सारांश

  • काठमाडौं।
  • रुस-युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ ।
  • परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको हो ।

काठमाडौं। रुस-युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको हो ।

रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको स्रोतले बतायो । राजकुमार र भरतको ३ डिसेम्बरमा मृत्यु भएको खबर २८ डिसेम्बरमा प्राप्त भएको परराष्ट्र स्रोतको भनाइ छ । हरि अर्याल भने गत २९ नोभेम्बर (१३ मंसिर) देखि सम्पर्कविहीन भएकामा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ । यसअघि रुसी सेनामा भर्ना भएका सात जना नेपालीको मृत्यु भइसकेको छ । साथै, रुसका तर्फबाट युद्धमा गएका चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएर युद्धबन्दी बनाएर राखेको छ ।

यसअघि मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले गत १६ मंसिरमा विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको थियो । द्वन्द्वग्रस्त मुलुक रुस र युक्रेनमा नजान सरकारले पटकपटक आग्रह गर्दै आइरहेको भए पनि नेपालीहरू पर्यटक भिसामा दुबई र छिमेकी मुलुक भारत भएर रुसी सेनामा भर्ना हुन जानेक्रम रोकिएको छैन ।

रुसलाई परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह गरेको थियो । परराष्ट्रले रुसलाई आग्रह गरे पनि नेपालीहरू सो ठाउँमा जानेक्रम रोकिएको छैन । साथै, यसअघि मृत्यु भएका नेपालीहरूको शवसमेत रुसले नेपाल पठाउन अस्वीकार गर्दै आएको छ ।

यसअघि ४ पुसको विज्ञप्तिमा पनि रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।

गत ४ पुसमा जारी विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।

हालसम्म नेपालीहरू कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, हाल नेपालीहरू रोजगारीको शिलशिलामा दुवै मुलुकमा पुगेर सैनिकमा भर्ना हुनेक्रम बढिरहेको छ । सरकारले श्रम गन्तव्य नतोकेको र द्वन्द्वग्रस्त मुलुकमा नजान आग्रह गरे पनि माओवादीका पूर्वलडाकु, पूर्वसुरक्षाकर्मीहरू रोजगारीका लागि सो क्षेत्रमा गइरहेको जानकारी आइरहेका छन् ।

रोजगार विभागको तथ्यांक हेर्दा भने १ वैशाख २०८० देखि मंसिर मसान्तसम्मको आठ महिनामा श्रम स्वीकृति लिएर ५ सय ७३ नेपाली रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुनसक्ने अनुमान छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकनुसार वैशाखमा १७, जेठमा १ सय ७९, असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् ।

रुसी सेनामा भर्ना हुन यसकारण आकर्षित भए नेपाली

रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित गर्‍यो ।

त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए ।

त्यससँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली रुसी सेनामा आकर्षित भएका हुन् ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी
लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
अब पनि तुइनमा झुन्डिएर नदी तर्नु पर्दैन : प्रधानमन्त्री ओली
अब पनि तुइनमा झुन्डिएर नदी तर्नु पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने
दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने
स्यालको टोकाइबाट स्थानीयवासी आतङ्कित
स्यालको टोकाइबाट स्थानीयवासी आतङ्कित
प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङ ठप्प, जनजीवन प्रभावित
प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङ ठप्प, जनजीवन प्रभावित
चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त
चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त