प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,

सारांश

  • काठमाडौं, २ साउन ।
  • प्रधानमन्त्री केपि शर्मा अोलि पोखरा आउन लागेका नेकपाले जनाएको छ ।
  • तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताईएको  छ ।

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपि शर्मा अोलि पोखरा आउन लागेका नेकपाले जनाएको छ । तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताएको  छ ।

केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए ।केन्द्रकै निर्णयअनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराइसकिएको छ’, उनले भने ‘बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’

प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् ।

पहारीले भने, ‘देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अवरोध गर्नु उचित हुँदैन । कांग्रेसका लागि पनि यो एउटा अवसर हो, ‘कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन नै रोक्नु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो ।’

प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?