चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध र संगठन सुदृढीकरणको अभियान सुरु गरेको छ।
  • चुनावमा हारेपछि पहिलोपटक कांग्रेसले बुधबारदेखि देशव्यापी राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध र संगठन सुदृढीकरणको अभियान सुरु गरेको छ। चुनावमा हारेपछि पहिलोपटक कांग्रेसले बुधबारदेखि देशव्यापी राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।

कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध कार्यक्रम केन्द्रित गर्ने बताएको छ । केन्द्रदेखि वडा तहसम्मका संगठन एकैसाथ परिचालन गर्दै अभियान सुरु गरेको बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाका अनुसार आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियान केन्द्रीत हुने दाबी छ। बुधबार अभियान शुरुवातको कार्यक्रममा अहिलेको अवसर र चुनौतीको सामना गर्नसक्ने पार्टी बनाउन लाग्न आह्वान गरे ।

सरकारप्रति असन्तुष्ट रहेको कांग्रेसले वाइड बडी खरिदमा भएको अनियमितता, बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै विदेशी कम्पनीलाई दिने सरकारी निर्णयसहितका विसंगतिविरुद्ध अभियान केन्द्रित गर्ने भएको छ।

संविधानप्रतिको असन्तुष्टिलाई संविधान संशोधनमार्फत् मुलुकलाई एकताको सूत्रमा गाँस्न तथा पार्टी संगठनमा नयाँ शिराबाट काम हुने कांग्रेसको विश्वास छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?