साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
सारांश
- काठमाडौं, ३ पुस ।
- सिरहाका उखु किसानहरुले सरकारी अनुदानको रकम पाउन नसकेको गुनासो पोखेका छन् ।
- ५ हजार भन्दा बढी उखु किसानहरुले सरकारी अनुदानको ६ करोड रुपैयाँ भन्दा बढीको बक्यौता भुक्तानी अझैसम्म पाउन सकेका छैनन् ।
काठमाडौं, ३ पुस । सिरहाका उखु किसानहरुले सरकारी अनुदानको रकम पाउन नसकेको गुनासो पोखेका छन् । ५ हजार भन्दा बढी उखु किसानहरुले सरकारी अनुदानको ६ करोड रुपैयाँ भन्दा बढीको बक्यौता भुक्तानी अझैसम्म पाउन सकेका छैनन् ।
नरहा गाउँपालिका–२, पानवारीस्थित हिमालय सुगर मिल्सलाई उखु बेचेका किसानहरुले अनुदानवापतको बक्यौता नपाएको गुनासो गरेका हुन् । उद्योगलाई उखु बेचेका मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटका गरी ५ हजार ६ सय दुई जना किसानले १० लाख २१ हजार ६७ क्विन्टल उखु बेचेका थिए ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले अनुदान भुक्तानीका लागि बैंक खाता नम्बर र लालपूर्जा अनिवार्य भएकाले खाता नम्बर आएपनि जग्गा धनीपूर्जाको प्रतिलिपी उपलब्ध नहुँदा रकम भुक्तानीमा कठिनाइ भएको बताए ।
प्रतिक्रिया