प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
सारांश
- काठमाडौं ।
- सुदूरपश्चिमको प्रदेश सरकारले युवालाई जापानी, कोरियन, अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको छ ।
- सुदुर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहणपछि सूदूरपरिश्चमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि विदेश जानका लागि प्रोत्साहन दिंदै भाषा शक्षा शुरु गरिएको हो ।
काठमाडौं । सुदूरपश्चिमको प्रदेश सरकारले युवालाई जापानी, कोरियन, अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको छ ।
सुदुर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहणपछि सूदूरपरिश्चमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि विदेश जानका लागि प्रोत्साहन दिंदै भाषा शक्षा शुरु गरिएको हो ।
प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन, अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो ।
‘अब भारतमा चौकीदारी गर्न जाने अवस्था अन्त्य हुन्छ’ पदभार ग्रहण गर्ने बेलामा उनले भनेका थिए । उनको भनाइले त्यतिवेला खुब चर्चा पाएको थियो । एकताका उनी पनि भारतमा चौकीदारी गरेर नेपाल फर्केका हुन् ।
बेरोजगार बसेका युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदैछ ।
प्रतिक्रिया